ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

राष्ट्रपति रनिङ शिल्डमा पान्दोलुङ च्याम्पियन

फुङलिङ । मेरिङदेन गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पान्दोलुङ मावि नाल्बु च्याम्पियन बनेको छ । १३ स्वर्ण, ६ रजत र ७ कांश्य पदक जित्दै पान्दोलुङ च्याम्पियन बनेको हो ।

७ स्वर्ण, ७ रजत र ४ काश्य पदक जितेको पृथ्वी मावि खाम्लुङ द्वितीय र ६ स्वर्ण, ४ रजत र ४ काश्य पदक जित्दै लक्ष्मी मावि तृतीय भएको पालिकाले जनाएको छ । २ स्वर्ण, ३ रजत र २ काश्य पदक जितेको त्रिभुवन मावि थुकिमा चौथो हुँदा सूर्यदेवी मावि सान्थाक्रा १ स्वर्ण, ६ रजत र २ कांश्य पदक जितेर पाँचौँ भएको छ ।

सुर्के मावि थुकिमाले १ स्वर्ण, १ रजत र १ काश्य पदक जितेर छैटौँ भएको छ भने स्वर्णविहीन सिंहकाली मावि २ रजत र २ कांश्यमा सीमित भएको छ ।

अन्तरविद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट अन्तरपालिका स्तरीय प्रतियोगिताका लागि छनाेट भएका खेलाडीलाई मेरिङदेन गाउँपालिकाले बन्द प्रशिक्षण (क्लोज क्याम्प) मा राख्ने भएको छ ।

यस वर्षको १६ औं अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो माघ २३ देखि २६ गतेसम्म सिदिङ्वा गाउँपालिकाको साब्लाखुमा सञ्चालन हुँदैछ ।

  himalayanvoice.com | २९ पुष २०८२, मंगलवार १३:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online