ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

राष्ट्रपति रनिङ शिल्डमा पान्दोलुङ च्याम्पियन

फुङलिङ । मेरिङदेन गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पान्दोलुङ मावि नाल्बु च्याम्पियन बनेको छ । १३ स्वर्ण, ६ रजत र ७ कांश्य पदक जित्दै पान्दोलुङ च्याम्पियन बनेको हो ।

७ स्वर्ण, ७ रजत र ४ काश्य पदक जितेको पृथ्वी मावि खाम्लुङ द्वितीय र ६ स्वर्ण, ४ रजत र ४ काश्य पदक जित्दै लक्ष्मी मावि तृतीय भएको पालिकाले जनाएको छ । २ स्वर्ण, ३ रजत र २ काश्य पदक जितेको त्रिभुवन मावि थुकिमा चौथो हुँदा सूर्यदेवी मावि सान्थाक्रा १ स्वर्ण, ६ रजत र २ कांश्य पदक जितेर पाँचौँ भएको छ ।

सुर्के मावि थुकिमाले १ स्वर्ण, १ रजत र १ काश्य पदक जितेर छैटौँ भएको छ भने स्वर्णविहीन सिंहकाली मावि २ रजत र २ कांश्यमा सीमित भएको छ ।

अन्तरविद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट अन्तरपालिका स्तरीय प्रतियोगिताका लागि छनाेट भएका खेलाडीलाई मेरिङदेन गाउँपालिकाले बन्द प्रशिक्षण (क्लोज क्याम्प) मा राख्ने भएको छ ।

यस वर्षको १६ औं अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो माघ २३ देखि २६ गतेसम्म सिदिङ्वा गाउँपालिकाको साब्लाखुमा सञ्चालन हुँदैछ ।

  himalayanvoice.com | २९ पुष २०८२, मंगलवार १३:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online