ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

अन्तर्राष्ट्रिय फुटसलमा ७ वर्षपछि नेपालको जित

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष टोलीले अन्तर्राष्ट्रिय फुटसलमा ७ वर्षपछि जित हात पारेको छ ।

थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा जारी साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपालले शुक्रबार श्रीलङ्कालाई २–१ गोलले हराएको हो । यो नेपालको ७ वर्ष पछिको जित हो । नेपालले अन्तिमपल्ट १४ डिसेम्बर २०१८ मा पाकिस्तानलाई २–१ गोलले हराएको थियो ।

पाकिस्तानको इस्लामवादमा भएको ट्राङ्गुलर फुटसल सिरिजमा हात पारेको त्यो नै नेपालले अन्तर्राष्ट्रिय फुटसलमा दोस्रो जित थियो ।

त्यसअघि नेपालले सोही वर्षको फेब्रुअरीमा भएको इन्टरनेसनल सकर फुटसल कपमा टर्कीलाई ९–० ले हराएको थियो । त्यसयता भएका खेलमा नेपाल जितविहीन थियो ।

खेलको १०औँ मिनेटमा मोहमेद साजनको गोलमार्फत श्रीलङ्काले सुरूआती अग्रता लिएको थियो । तर, पाँच मिनेटपछि नै सरोज तामाङले गोल गर्दै नेपाललाई बराबरीमा फर्काए ।

पहिलो हाफ १–१ को स्थितिमा सकिएको थियो । तर, २१औँ मिनेटमा सरोजले पुन गोल गर्दै नेपालको जित २–१ ले सुनिश्चित गरे ।

  himalayanvoice.com | ३ माघ २०८२, शुक्रबार १२:१३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online