ट्रेण्डिङ्ग:

काँग्रेस संस्थापन समूह सर्वोच्च अदालतमा: मंगलबारका लागि पेशी तोकिदै यसै बीच काँग्रेस संस्थापन समुहले दायर पेश गरेको रिटमा अध्ययन गरेर मंगलबारका लागि पेशी तोक्ने तयारी सर्वोच्चले गरेको छ। उम्मेदवारी दर्ताकै दिन देउवा पक्षको रिटको पेशी चढ्ने भएको छ।

काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसलाई वैधानिकता दिएको निर्वाचन आयोगको निर्णय विरुद्ध संस्थापन समूह आज सर्वोच्च अदालत पुगेको छ ।

बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सर्वोच्च अदालत पुगेको संस्थापन समूह अहिले रिट निवेदन दर्ताको प्रक्रियामा रहेको काँग्रेसका नेता बिमलेन्द्र निधिले जानकारी दिनुभयो ।

पुष २७ देखि ३० गतेसम्म कामठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि संस्थापन समूह कानुनी उपचारमा लागेको हो ।

यसअघि शनिबार बसेको संस्थापन समूह को केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध आधिकारिकता दाबी गर्दै सवोच्च अदालत जाने निर्णय गरेको थियो ।

यसै बीच काँग्रेस संस्थापन समुहले दायर पेश गरेको रिटमा अध्ययन गरेर मंगलबारका लागि पेशी तोक्ने तयारी सर्वोच्चले गरेको छ। उम्मेदवारी दर्ताकै दिन देउवा पक्षको रिटको पेशी चढ्ने भएको छ।

  himalayanvoice.com | ५ माघ २०८२, आईतवार ०१:४७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online