ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई सङ्कटबाट जोगाउनु पर्छ: नेता कोइराला “मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ, म सत्यको बाटो हिँडिरहेको छु, यसबाट विचलित हुन्न,” उहाँले भन्नुभयो, “पार्टी कठिन अवस्थामा रहेकाले मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई सङ्कटबाट जोगाउनुपर्ने आवश्यकता छ।”

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताउनुभएको छ।

नेता कोइरालाले आज यहाँ आफूनिकट नेता तथा कार्यकर्ताको भेलामा मध्यमार्ग र सत्यको बाटो अप्ठ्यारो हुने भन्दै आफूले मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताउनुभएको हो।

“मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ, म सत्यको बाटो हिँडिरहेको छु, यसबाट विचलित हुन्न,” उहाँले भन्नुभयो, “पार्टी कठिन अवस्थामा रहेकाले मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई सङ्कटबाट जोगाउनुपर्ने आवश्यकता छ।”

नेता डा कोइरालाले तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभए पनि देश र लोकतन्त्र सङ्कटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको धारणा राख्नुभयो। उहाँले नेता तथा कार्यकर्तालाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो।

पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकाले आफूलाई अदालतको निर्णय मान्ने हुने नेता कोइरालाको भनाइ थियो।

  himalayanvoice.com | ५ माघ २०८२, आईतवार १६:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online