ट्रेण्डिङ्ग:
|धार्मिक नेताहरूले लेन्ट र रमजानको समयमा आइस हिरासत केन्द्रहरूमा पहुँचको लागि जोड दिन्छन्|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|जाजरकोटमा नेपाली कांग्रेसका खडगबहादुर बुढा विजयी|मतगणनामा रास्वपाको दबदबा, १०० क्षेत्रमा जित; २५ स्थानमा अग्रता|झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’|रौतहट २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलम निर्वाचित|झापा–५ बाट बालेन्द्र साह भारि मतले निर्वाचित, झापाका ओलीको बधाई|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|झापा ५ मा रास्वपा वरिष्ठ नेता शाहको अग्रता उच्च|प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अगाडि

टी–२० विश्वकप : अभ्यास खेलमा नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ । आइसिसी टी–२० विश्वकप तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपाल श्रीलङ्का ‘ए’ सँग पराजित भएको छ ।

घरेलु टोली श्रीलङ्कासँग नेपाल मङ्गलबार ६ विकेटले पराजित भएको हो । जितका लागि एक सय ८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

श्रीलङ्काका लागि लाहिरु उडाराले सर्वाधिक ७३ रन बनाउनु भयो । यस्तै नुवानिदु फर्नान्डोले ३८ र सहान अराकिगेले अविजित ३३ रन जोड्नु भयो ।

बलिङमा नेपालका सोमपाल कामीले तीन तथा ललित राजवंशीले एक विकेट लिनु भयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८५ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाउनु भयो । यस्तै आरिफ शेखले ४२ र कप्तान रोहित पौडेलले ३१ रन बनाउनु भयो । नेपालले दोस्रो अभ्यास खेल बिहीबार खेल्ने छ ।

  himalayanvoice.com | ७ माघ २०८२, मंगलवार १२:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online