ट्रेण्डिङ्ग:
|हिरासत केन्द्रमा स्वास्थ्य निरीक्षणमा अवरोध गरेपछि सान डिएगो काउन्टीद्वारा आइस विरुद्ध मुद्धा दायर|‘मेरी छोरी मान्या’ बालकथा सङ्ग्रहको विमोचन|समानुपातिकतर्फ एक करोड सात लाख मत गणना|दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते|सुनचाँदीको मूल्य बढ्यो|राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि|कर्णालीमा समानुपातिकतर्फ काँग्रेस पहिलो|कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन: वरिष्ठतम न्यायाधीश मल्ल|प्रेम गाहा मगरद्वारा एनआरएनए महाधिवेशन र अनलाइन भोटिङ विरुद्ध उच्च अदालतमा रिट|ट्रम्प प्रशासनद्वारा सर्वोच्च अदालतको पुनरावेदनमा आप्रवासन एजेन्डालाई सुस्त बनाउने अदालतको फैसलाको आलोचना

नेपाल र भारतबीच निकासी गरिने वस्तु आइपुग्नु अगावै सूचना आदान प्रदान गर्ने समझदारी

काठमाडौँ । नेपाल र भारतबीच निकासी गरिने वस्तु आइपुग्नु अगावै सूचना आदान प्रदान गर्ने समझदारी भएको छ ।

समझदारी पत्रमा आज भारतको नयाँदिल्लीमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गर्नुभएको छ ।

वस्तुको आगमन पूर्व सूचना आदान प्रदान गर्दै जोखिम व्यवस्थापनमार्फत व्यापार सहजीकरण गर्न प्रमुख व्यापारिक साझेदार मुलुकहरूका बीच निकासी गरिने वस्तुको अग्रिम रूपमा तथ्याङ्क आदान–प्रदान गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहँदै आएको अर्थ मन्त्रालयले जनाएको छ ।

हस्ताक्षर कार्यक्रममा भन्सार विभागका महानिर्देशक भण्डारीले समझदारीलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजान जोड दिँदै यसले दुवै देशको भन्सार प्रशासन बीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले समझदारीले जोखिम देखिएका वस्तुलाई निगरानी तथा नियमन गर्न र सही कारोबार गर्ने व्यवसायीलाई थप सहजीकरण गरी भन्सार जाँच पासलाई छिटो छरितो र सहज बनाउन सहयोग पुग्ने बताउनुभयो ।

त्यसैगरी CBIC का अध्यक्ष विवेक चतुर्वेदीले समझदारीको शीघ्र कार्यान्वयनको लागि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

  himalayanvoice.com | ८ माघ २०८२, बुधबार १०:२७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online