ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

कागजपत्र बिहिन ८० जना नेपाली अमेरिकाबाट डिपोर्ट ‘फिर्ता भएका केही व्यक्तिहरुले डेढ करोडसम्म बुझाएर अवैध बाटो हुँदै अमेरिका गएको देखिएको देखिएको छ’

काठमाडौं । अमेरिकाले एकै दिन ८० नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको हो ।

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु रहेका छन् ।

डिपोर्ट हुनेमध्ये एक जना विद्यार्थी भिसामा अमेरिका पुगेका व्यक्ति पनि रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिएका छन । ती विद्यार्थीलाई ओभर स्टे भनेर डिपोर्ट गरिएको पाइएको उनले बताए । बाँकी भने अवैध बाटोबाट अमेरिका जानेहरु रहेको पंगेनीले जानकारी दिए ।

यसरी अमेरिका छिर्नेहरूले डेढ करोड रुपैयाँसम्म बुझाएको पाइएको पगेनी बताउँछन् । ‘फिर्ता भएका केही व्यक्तिहरुले डेढ करोडसम्म बुझाएर अवैध बाटो हुँदै अमेरिका गएको देखिएको देखिएको छ’ एसएसपी पंगेनीले भने ।

ब्युरोका अधिकारीहरुले उनीहरुसँग सोधपुछ गरेर परिवारका जिम्मा लगाएका छन् । कोही कसैले गैरकानुनी रुपमा अमेरिका पठाएको भए उजुरी दिन पनि ब्युरोले उनीहरुसँग आग्रह गरेको छ ।

  himalayanvoice.com | ८ माघ २०८२, बुधबार ११:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online