ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

पार्टी एकताको लागि मध्यमार्गी बाटो रोजे: काँग्रेस नेता कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र सम्भावित विभाजन टार्न आफूले मध्यमार्गी र संयमित भूमिका निर्वाह गरेको बताएका छन्।

बिहीबार मोरङ निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैंचामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा उनले पार्टीलाई जोगाउने उद्देश्यले शान्त र सौम्य बाटो रोजेको स्पष्ट पारेका छन्। विशेष महाधिवेशनमा सहभागी भए पार्टी फुट्ने जोखिम बढ्न सक्ने आकलनका आधारमा आफूले त्यस्तो निर्णय लिएको उनको भनाइ छ।

कोइरालाले प्रतिनिधि सभा निर्वाचन प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै यस निर्वाचनले मुलुकलाई स्पष्ट राजनीतिक दिशानिर्देश प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा उनले जनप्रतिनिधिको हैसियतमा रहँदा नीति निर्माणदेखि सर्वसाधारणको दैनिकी सहज बनाउने कार्यमा आफू केन्द्रित रहेको स्मरण गराएका छन्। जेन जेड आन्दोलन अघि सम्म क्षेत्र र मुलुकको हितलाई प्राथमिकतामा राखेर संसदीय जिम्मेवारी निर्वाह गरेको उनले बताएका छन्।

  himalayanvoice.com | ९ माघ २०८२, बिहीबार १४:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online