ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

म मधेस पढ्न र बुझ्न आएको हुँः : कांग्रेस सभापति थापा “अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो”, उहाँले भन्नुभयो, “म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।”

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले कांग्रेसलाई लगाएको गुणबारे आफू राम्रोसँग जानकार रहेको बताउनु भएको छ ।

दोस्रो विशेष महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक सोमबार मधेश झर्नुभएका थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाहीको धनकौल गाउँपालिकास्थित क्षेत्रीय पार्टी कार्यालयमा कार्यकर्तालाई सम्वोधन गर्दै मधेशले कांग्रेस र प्रजातन्त्रलाई लगाएको गुण भुल्न नसक्ने बताउनुभएको हो ।

“आफूलाई मधेशमा आएर समाहित भएपछि यहाँको बारेमा थप जान्न पाउँछु भनेर सर्लाही आएको हुँ,” थापाले भन्नुभयो, “अब यहीँको प्रतिनिधि भएर यहाँको रहनसहनसँग घुुलमिल हुने छु ।”

आफूभित्र मधेश र मधेशभित्र आफूलाई ल्याउने प्रयासस्वरुप सर्लाही आएको थापाको भनाइ छ । केही वर्षअघि नै पूर्वपश्चिम हुलाकी राजमार्गको यात्रा गर्दा आफूलाई मधेशको प्रतिनिधित्व गर्ने रहर लागेकोमा यो पटक साकार भएको उहाँले बताउनुभयो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा यत्रो योगदान गरेको मधेशमा अब आफू सेवक भएर काम गर्ने कांग्रेस सभापति थापाको भनाइ छ । उहाँले सर्लाही ४ र काठमाडौंमा स्थायी कार्यालय खोलेरै सर्लाही ४ का नागरिकको समस्या समाधानमा लाग्ने बताउनुभयो ।

थापाले करिव १५ मिनेट सम्बोधनमा कुनै राजनीतिक दल तथा नेताविरुद्ध बोल्नु भएन । आफू कसैविरुद्ध आरोप प्रत्यारोपमा उत्रन नभई नागरिकको सेवक बन्न आएको कांग्रेस सभापति थापाको भनाइ छ ।

कांग्रेस सभापति थापालाई सोमबार मधेश प्रदेशको बारा, रौतहट र सर्लाहीका विभिन्न स्थानमा स्वागत गर्दै नेता, कार्यकर्ताले क्षेत्र नं ४ सम्म ल्याएका हुन् । थापाले सोमबार दिउँसो सर्लाहीस्थित मुक्तेश्वर बाबाधाम मन्दिरमा दर्शन गरी क्षेत्र नं ४ मा प्रवेश गरेर चुनावी अभियान सुरु गर्नुभएको हो ।

नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताउनुभएको छ ।

आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताउनुभयो । सिमरा विमानस्थलमा आर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेसले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको बताउनुभयो ।

“अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो”, उहाँले भन्नुभयो, “म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।”

काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसदमा धेरै पटक उठाएको उल्लेख गर्दै उहाँले यस पटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाउनुभयो । एक पटक भए पनि मधेसप्रति समर्पित नभई, मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उहाँले स्पष्ट पार्नुभयो ।

  himalayanvoice.com | १३ माघ २०८२, सोमबार १६:०८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online