ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

सुरक्षित, व्यवस्थित वैदेशिक रोजगारीका लागि नेपाल र साउदी अरब बीच श्रम सम्झौतामा हस्ताक्षर श्रम सम्झौतापछि नेपाली श्रमिकले न्यूनतम तलब नपाएको, करारपत्र फेरबदल गर्ने गरेको, कम्पनीले घर जान नदिएको, उपचारमा लापर्बाही गर्ने गरेको जस्ता समस्या कम हुने अपेक्षा गरिएको छ ।

काठमाडौँ । नेपालीको मूख्य श्रम गन्तव्य देश साउदी अरबसँग लामो द्धिपक्षीय गृहकार्य पछि श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । साउदी अरबको रियादमा आयोजित समारोहमा नेपाल र साउदी अरब सरकारबिच श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्धन गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संसाधन तथा सामाजिक विकासमन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गर्नुभयो ।

सम्झौता कार्यक्रममा सहभागी श्रम मन्त्रालयका सहसचिव पीताम्बर घिमिरेले पछिल्लो पटक नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश साउदी अरबसँग श्रम सम्झौता हुनुलाई ठुलो उपलब्धिका रूपमा लिएको जानकारी दिनुभयो । सन् २०१० देखि नै साउदी अरबसँग श्रम सम्झौताको प्रयास हुँदै आएको थियो तर सफल भने

भएको थिएन । नेपाली श्रमिकको अधिकतम हितलाई ध्यानमा राखेर श्रम सम्झौता गरिएकाले त्यहाँ कार्यरत श्रमिकलाई धेरै राहत पुग्ने जानकारी उहाँले दिनुभयो । सहसचिव घिमिरेले नेपालले श्रम मन्त्रालयले विगतमा भएका श्रम सम्झौताको समेत विस्तृत समीक्षा गरिरहेकाले श्रमिक पठाउने देश, श्रम शोषण र मानव अधिकार उल्लङ्घनका विषयमा सरकारले शून्य सहनशीलता नीति अपनाए अनुरूप नै श्रम सम्झौता गरिने जानकारी दिनुभयो ।

साउदीसँगको यसप्रकारको श्रम सम्झौताले नेपाली श्रमिकले अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त अनुसारका अधिकार प्राप्त गर्ने र रोजगारदाताले लागत खर्च बेहोर्ने गरी ‘इम्प्लोयर पे पोलिसी’ अनुसारको सुविधा प्राप्त हुने अपेक्षा सरोकारवालाले गरेका छन् । सम्झौतामा श्रमिकको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणलगायत विषयलाई प्राथमिकताका साथ समेटिएको छ । दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीका आधारमा श्रमिकको हित सुनिश्चित गर्ने व्यवस्था सम्झौतामा गरिएको छ ।

वैदेशिक रोजगारविज्ञ रामेश्वर नेपालले साउदी श्रम सम्झौताले त्यहाँ कार्यरत र अब जाने श्रमिकलाई धेरै सहज हुने विश्वास व्यक्त गर्नुभयो साथै उहाँले सम्झौताले नेपाली साधारण श्रमिकको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित तथा लागत प्रभावकारी बनाउने महìवपूर्ण आधार तयार गर्नुका साथै यसले साउदी अरबमा कार्यरत नेपाली श्रमिकको हकहित संरक्षण र रोजगार सुरक्षामा महìवपूर्ण योगदान पुर्याउने अपेक्षा गर्न सकिने बताउनुभयो । विज्ञ नेपालले श्रम सम्झौतापछि नेपाली श्रमिकले न्यूनतम तलब नपाएको, करारपत्र फेरबदल गर्ने गरेको, कम्पनीले घर जान नदिएको, उपचारमा लापर्बाही गर्ने गरेको जस्ता समस्या कम हुने अपेक्षा गरेको बताउनुभयो ।

उहाँले साउदीसँग भएको श्रम सम्झौता सन् २००५ मा कतार र सन् २००८ मा बहराइनसँग गरे जस्तो सामान्य नभएर पछिल्लो पटक मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई) सँग गरेको उन्नत वा विस्तृत खाल सम्झौता भएकाले यसको कार्यान्वयन भएमा श्रमिकको हितमा हुने बताउनुभयो । पूर्वश्रम सचिव पूर्णचन्द्र भट्टराईको बुझाइमा नेपालले पटक पटक आग्रह गर्दा पनि श्रम सम्झौतामा घरेलु श्रमिक लैजान पाउनुपर्ने अडानमा रहेको साउदीले अहिले भने त्यसलाई थाती राखेर नेपालसँग सम्झौता गरेको छ ।

साउदीमा सन् २०३४ मा हुने वल्र्डकपका लागि भौतिक संरचना निर्माणमा धेरै श्रमिक आवश्यकता भएकाले बाध्य भएर घरेलु श्रमिकको विषयलाई थाती राखेर नेपालसँग सम्झौता गरेको बुझ्न सकिने उहाँको तर्क छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५२ हजार ५५७ जनाले साउदीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका थिए । अघिल्लो आव २०८०/८१ मा एक लाख ४१ हजार ५०२ जनाले लिए भने आव २०७९/८० मा एक लाख ११ हजार ८४३ जना श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएर साउदी गएका थिए ।

  himalayanvoice.com | १४ माघ २०८२, मंगलवार १६:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online