ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा

काठमाडौँ । आजदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ को कथा अधिकांश नेपालीको जीवनसँग जोडिएको अभिनेता पल शाहले बताउनुभएको छ । चलचित्र प्रदर्शन भएको पहिलो दिन दर्शक प्रतिक्रिया लिन काठमाडौँका विभिन्न चलचित्र भवन पुग्नुभएका अभिनेता शाहले आफूले चाहना राखेको भूमिका चलचित्रमा निर्वाह गर्न पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले आफ्नो भूमिकाका विषयमा धेरै खुलाउन मिल्दैन किनकी त्यसले कथा बाहिरिने डर हुन्छ । तर, चलचित्रमा मैले चाहेको जस्तो भूमिका निर्वाह गर्ने मौका पाएको छु, त्यसैले मैले सक्दो मेहनत गरेको छु । यो चलचित्रको कथा हाम्रो परिवार र गाउँ समाजकै हो । चलचित्र हेर्न गएका दर्शकले नै अन्यलाई हेर्न सिफारिस गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।”

उक्त चलचित्रमा अभिनेता शाहसँगै विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारले अभिनय गर्नुभएको छ । अभिनेता थापाले विषयवस्तुले आकर्षण गरेका कारण आफू जोडिएको बताउनुभयो ।

“यस चलचित्रको आकर्षण नै कथा हो । यसमा सबैले उत्तिकै मेहनतका साथ काम गरेका छन् । चलचित्र हेर्न आउनुभएका दर्शकले पनि आफ्नै कथा भनेर हामीलाई प्रतिक्रिया दिनुभएको छ”, अभिनेत्री थापाले भन्नुभयो ।

चन्द्र पन्तले निर्देशन गर्नुभएको उक्त चलचित्रमा अभिमन्यु निरवीले संवाद लेखन, गम्भीर विष्टले नृत्य निर्देशन र कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले सङ्गीत सिर्जना गर्नुभएको छ ।

  himalayanvoice.com | १७ माघ २०८२, शुक्रबार १७:३०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online