ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

‘आहा–रारा कप’ माघ २७ देखि फागुन ९ गतेसम्म पोखरामा

कास्की । ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

प्रतियोगिता यही माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ । सहारा क्लबको आयोजनामा हुने उक्त प्रतियोगितामा विदेशका चार र स्वदेशी आठ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, एपिएफ नेपाल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ–मर्स्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड, सहारा क्लब पोखरालगायत सहभागी हुनेछन् ।

यसैगरी, भारतबाट थन्डरबोल्ट युनाइटेड (सिक्किम) सहित दुई समूह तथा उज्बेकिस्तानको आभा फुटबल क्लब र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब सहभागी हुने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो ।

क्लबले पुरस्कार राशिमा वृद्धि गरेको उहाँले बताउनुभयो । प्रतियोगिताको विजयी टोलीलाई रु १४ लाख एक हजार, उपविजेतालाई रु सात लाख एक हजार प्रदान गरिनेछ ।

  himalayanvoice.com | १९ माघ २०८२, आईतवार १५:०९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online