ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

आइसिसी टी–२० विश्वकप: यूएईविरुद्ध नेपाल सात विकेटले विजयी

काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालले यूएईमाथि सात विकेटको जित निकालेको छ ।

नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गर्नुभयो । दुवै ब्याट्सम्यानले नटआउट अर्धशतक बनाउनुभएको हो । दीपेन्द्रले ३१ बलमा ५० रन बनाउनुभयो भने आरिफले ३७ बलमा ६१ रन बनाउनुभयो ।

१४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा १४८ रन बनाएको हो ।

भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो ।

युएईका लागि सोएब खानले ३८ रन बनाउनुभयो । यस्तै हर्सिद कौशिकले ३५, आर्सन शर्मा २५, मोहमद जोएब १९ र अलिशान सरफुले १२ रन बनाउनुभयो ।

बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले दुई दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । नेपालले आफ्नो दोस्रो तथा अन्तिम अभ्यास खेल बिहिबार क्यानाडासँग खेल्नेछ।

  himalayanvoice.com | २१ माघ २०८२, मंगलवार १४:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online