ट्रेण्डिङ्ग:
|हिरासत केन्द्रमा स्वास्थ्य निरीक्षणमा अवरोध गरेपछि सान डिएगो काउन्टीद्वारा आइस विरुद्ध मुद्धा दायर|‘मेरी छोरी मान्या’ बालकथा सङ्ग्रहको विमोचन|समानुपातिकतर्फ एक करोड सात लाख मत गणना|दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते|सुनचाँदीको मूल्य बढ्यो|राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि|कर्णालीमा समानुपातिकतर्फ काँग्रेस पहिलो|कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन: वरिष्ठतम न्यायाधीश मल्ल|प्रेम गाहा मगरद्वारा एनआरएनए महाधिवेशन र अनलाइन भोटिङ विरुद्ध उच्च अदालतमा रिट|ट्रम्प प्रशासनद्वारा सर्वोच्च अदालतको पुनरावेदनमा आप्रवासन एजेन्डालाई सुस्त बनाउने अदालतको फैसलाको आलोचना

‘वसन्त ऋतु र तोरीका फूलहरु’

-पुरुषोत्तम ढकाल

थरी, थरी पालुवा पलाउदै छ
फूलहरु फूलेको छ यत्र, तत्र
वसन्त ऋतुको आँगनमा
प्रेमधारा अमृतको
घारको रानी मौरी
बगानमा उनमुक्त छे
बादलहरू लुक्दै छन्
निलो आकास भन्दा पर पर
तादिको फाँटका घुमन्ते चराहरु
हतार, हतार घर फर्कदै छन्
चिसो चिसो हावाको बेगले
मन र मनहरु बहलाउछ
रोमान्चित फूलहरु फक्रदै
आफ्नो अंगको पत्र पत्र च्यातेर,
आफैंबाट बाहिर निस्कन्छ
एउटा सुन्दर आकृती ।
थोपा, थोपा सितको घैलो
र पानीको स्पष्टताले भन्छ
आफैंबाट बाहिर निस्केर
फूलिरहेको फूलले पनि भन्छ
आह! कति प्यारो स्वतन्त्रता ।
हावाले ल्याउने फूलका सुगन्धहरु
मौरीले चुसेका स्वाद र रसमा डुबेको पल
परागकण फ़ैलिएय्को वासनाले मोहित मन
तोरीका फूलहरूले कपाललाई तरंगित पार्छ ।
कुमारी कोपिला बाहिर निस्किन्छे
प्रभातको पहिलो प्रहर जुन तारालाई शाक्षी राखेर
हृदय, मस्तिष्क र मुहारलाई सुन्दरताले डोर्याउदै ।
उन्मादपूर्ण हिमकन्या पागल जस्तै उड्छे
फूलहरूको सुगन्ध जस्तै सर्वत्र हराउछे
प्रेम र पागलपनको रोदन सोरठी गुन गुनाउछे ।
परदेशी एक प्याला नशामा कता कता हराउछ
संझेर देउराली र गैरी खेतको तोरीको फूलमा
देश छोडेको समय बितेछ, विस्मृतिमा हराउछ
देश भन्दा पर पर, परदेशमा, कल्पेर चौतारी र दौतरी
उ पनि, प्रेम र पागलपनको लयमा सालेजु गुन गुनाउछ ।।

  himalayanvoice.com | २१ माघ २०८२, मंगलवार २३:०४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online