ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

बुढासुब्बा गोल्डकप: झापा ११ को विजयी सुरुआत

धरान । २६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा झापा ११ विजयी भएको छ। झापाले भुटानको रोयल थिम्पु क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।

शुक्रबार धरान–१६ स्थित रङ्गशालामा सम्पन्न खेलमा झापा ११ का लागि पहिलो हाफको ३५ औँ मिनेटमा सुनिल खड्काले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको हो । त्यसपछि दोस्रो हाफको १८ औँ मिनेटमा राजेश दाहालले थप एक गोल गर्दै झापाको जित सुनिश्चित गर्नुभयो।

खेलको ‘म्यान अफ द म्याच’ झापा ११ का राजेश दाहाल बन्नुभयो। उहाँले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नुभयो।

प्रतियोगिताअन्तर्गत शनिबार हुने तेस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड क्लब, काठमाडौँ र न्युरोड टिम (एनआरटी) बिच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेता टोलीले नगद १० लाख र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई होन्डा डियो स्कुटर प्रदान गरिने छ।

  himalayanvoice.com | २४ माघ २०८२, शुक्रबार १४:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online