ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

फागुन २१ का लागि मेरो २१ दिन अभियान सुरु गर्दै नेपाली काँग्रेस

काठमाडौँ I नेपाली काँग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै फागुन २१ का लागि मेरो २१ दिन कार्यक्रम सुरु गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै फागुन २१ का लागि मेरो २१ दिन कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि काँग्रेसले नेपाली काँग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नम्बर २१ मा यो विषय उल्लेख गरेको छ ।

फागुन २१ का लागि मेरो २१ दिन भन्ने प्रतिबद्धताका साथ फागुन १ देखि २१ गतेसम्म जसको पदीय जिम्मेवारी जहाँ तोकिन्छ त्यहाँ खट्ने निर्णयमा भनिएको छ ।

यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित रहन पनि निर्णयमा भनिएको छ ।

यस्तै तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरू सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ–आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर आ–आफ्नै वडामा खट्न तथा सबै भातृ र शुभेच्छुक संस्थामा आवद्धहरूलाई सोही बमोजिम जिम्मेवारी निभाउन आग्रह गरेको छ ।

  himalayanvoice.com | २६ माघ २०८२, आईतवार १५:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online