ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

आयोजक झापा–११ सेमिफाइनलमा

बिर्तामोड । आयोजक झापा–११ बिर्तामोडमा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगितामा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको क्वाटरफाइनल खेलमा झापा–११ ले सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो । टाइब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र बिवेक मगरले गोल गर्नुभयो ।

सिङलिङका लागि सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङले गोल गर्नुभयो । सिङलिङका सुजन सुब्बाको प्रहार झापाका गोलरक्षकले विफल पार्नुभएको थियो ।

दीपेश क्षेत्रीको प्रहार पोष्टबाट बाहिरिएको थियो । ‘प्लेयर अफ दि म्याच’ झापा–११ का गोलरक्षब बिवेक मगर हुनुभयो । उहाँले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । प्रतियोगिताअन्तर्गत मङ्गलबार दोस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र लालिगुँरास एशोसिएसन पोखराबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले सात लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । ब्यक्तिगत विधाका विजेताले जनही ३५ हजार रुपियाँ प्राप्त गर्नेछन् ।

  himalayanvoice.com | २७ माघ २०८२, सोमबार १६:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online