ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

रामेछाप बस दुर्घटना अपडेट: १२ जनाको मृत्यु, ८ जना घाइते

काठमाडौँ। रामेछापको मन्थली नगरपालिका वडा न-६ मसाने टारमा आज भएको यात्रुवाहक बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा ७ जना पुरुष र ५ जना महिला रहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । घाइतेको उपचारका लागि धुलिखेल र काठमाडौँका अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो। दुर्घटनामा परेर तामाकोसी नदीमा खसेको बस बाहिर निकालिएको छ ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस बिहान करिब ११ बजे सडकबाट ५० मिटर तल तामाकोसी नदीमा खसेको थियो ।

बसमा २० जनाभन्दा बढी यात्रु रहेको बसको चालकले बताएको र चालकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।

बसमा कति यात्रु सवार थिए र दुर्घटना के कारणले भएको हो भन्ने विषय अझै खुल्न सकेको छैन ।

यात्रुवाहक बस दुर्घटना भएको स्थानमा उद्धार गर्न गोताखोर परिचालन गरिएको थियो ।

  himalayanvoice.com | २८ माघ २०८२, मंगलवार १३:३८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online