ट्रेण्डिङ्ग:
|हिरासत केन्द्रमा स्वास्थ्य निरीक्षणमा अवरोध गरेपछि सान डिएगो काउन्टीद्वारा आइस विरुद्ध मुद्धा दायर|‘मेरी छोरी मान्या’ बालकथा सङ्ग्रहको विमोचन|समानुपातिकतर्फ एक करोड सात लाख मत गणना|दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते|सुनचाँदीको मूल्य बढ्यो|राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि|कर्णालीमा समानुपातिकतर्फ काँग्रेस पहिलो|कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन: वरिष्ठतम न्यायाधीश मल्ल|प्रेम गाहा मगरद्वारा एनआरएनए महाधिवेशन र अनलाइन भोटिङ विरुद्ध उच्च अदालतमा रिट|ट्रम्प प्रशासनद्वारा सर्वोच्च अदालतको पुनरावेदनमा आप्रवासन एजेन्डालाई सुस्त बनाउने अदालतको फैसलाको आलोचना

विश्व बैङ्कद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक

काठमाडौँ । विश्व बैंकले नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकका प्रतिनिधिले नेपालको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी जानकारी दिने उद्देश्यले उक्त ड्यासबोर्ड सार्वजनिक गरेको हो ।

उक्त ड्यासबोर्डमा सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित वित्तीय जानकारी उपलब्ध हुनेछ । ड्यासबोर्डमा प्रमुख वित्तीय तथ्याङ्कलाई एकीकृत र सहज रुपमा प्राप्त गर्न सकिनेछ । विश्व बैंकका अनुसार ड्यासबोर्डमा सङ्घ, प्रदेश र स्थानीय तहको आम्दानी, खर्च र वित्तीय व्यवस्थापनसँग सम्बन्धित तथ्याङ्क उपलब्ध हुनेछ । उक्त तथ्याङ्कलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिने छ । सरकार, नागरिक समाज तथा विकास साझेदारहरूसँगको परामर्शपछि ड्यासबोर्ड तयार पारिएको विश्व बैंकले जनाएको छ ।

प्रयोगकर्ताले विश्व बैङ्कको वेबसाइटमा गई उक्त ड्यासबोर्ड प्रयोग गरी आवश्यक तथ्याङ्क लिन सक्नेछन् । ड्यासबोर्डमा विभिन्न आर्थिक वर्षको बजेट, राजस्व, चालु तथा पुँजीगत खर्च तथा वित्तीय व्यवस्थापनसँग सम्बन्धित तथ्याङ्कको विश्लेषण गर्न सकिन्छ ।

त्यस अवसरमा अर्थमन्त्रालयका उपसचिव हिक्मतबहादुर भण्डारीले यस प्रकारको ड्यासबोर्ड निकै उपयोग भएको उल्लेख गर्दै सरकारले पनि सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी ड्यासबोर्ड निर्माणको तयारी गरिरहेको बताउनुभयो । उहाँले अबको एक वर्षभित्रमा उक्त ड्यासबोर्ड तयार भई सार्वजनिक हुनेछ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले ड्यासबोर्डको उपयोगिताका सम्बन्धमा धारणा राख्दै यो सरोकारवाला निकाय, नीति निर्माता, अनुसन्धानकर्ता, पत्रकार तथा विद्यार्थीका लागि उपयोगी हुनेमा जोड दिनुभयो । ड्यासबोर्ड विश्व बैङ्कको वेबसाइटमा गएर हेर्न सकिन्छ ।

विश्व बैंकका सार्वजनिक क्षेत्र विज्ञ यासिहिरो साइतोले उक्त ड्यासबोर्ड धेरैका लागि उपयोगी हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँले ड्यासबोर्डको म्यानुअल पनि वेबसाइटमा उपलब्ध भएकाले प्रयोगकर्ताका लागि सहज हुने उल्लेख गर्दै आगामी दिनमा सुझावका आधारमा थप परिष्कृत गरिने बताउनुभयो । रासस

  himalayanvoice.com | ३० माघ २०८२, बिहीबार १६:०५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online