ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

एन्फा महिला च्याम्पियनसिप : एनआरटीको विजयी सुरुवात

उदयपुर । एन्फा महिला च्याम्पियनसिप छनोट प्रतियोगितामा न्यु रोड टिम (एनआरटी) ले शानदार प्रदर्शन गर्दै गाईघाट एफसीमाथि २–० को जित हासिल गरेको छ । 

उदयपुरको सदरमुकाम गाईघाटस्थित थरुहट रङ्गशालामा सम्पन्न खेलमा एनआरटीले सङ्गठित खेल र आक्रामक रणनीति प्रस्तुत गर्दै खेलको अधिकांश समय नियन्त्रणमा राखेको थियो ।

खेलको पहिलो हाफको ४७औँ मिनेटमा जर्सी नम्बर ११ की प्रतीक्षा ठकुरीले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । खेलको ७९औँ मिनेटमा जर्सी नम्बर ८ की सुशिला केसीले अर्को उत्कृष्ट गोल थप्दै एनआरटीको जित सुनिश्चित गरिन् ।

गाईघाट एफसीका खेलाडीहरूले उत्साहजनक प्रदर्शन गरे पनि अवसरलाई गोलमा परिणत गर्न नसक्दा पराजय व्यहोर्न बाध्य भए ।

उत्कृष्ट प्रदर्शनका लागि एनआरटीकी प्रतीक्षा ठकुरी ‘म्यान अफ द म्याच’ घोषित भइन् ।

यस जितसँगै एनआरटीले प्रतियोगितामा बलियो उपस्थिति जनाएको छ । फागुन ४ गते हुने आगामी खेलमा एनआरटीले त्रिभुवन आर्मी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत फागुन २ गते पहिलो खेलमा नेपाल पुलिस क्लब र एफसी रियलबिच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र छहारी एफसी आमनेसामने हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको आज फागुन १ गते एक औपचारिक कार्यक्रमबीच दक्षिण एसियाली फुटबल महासङ्घका महासचिव पुरुषोत्तम कट्टेलले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुने जानकारी एन्फाका महासचिव किरण राईले दिनुभयो ।

  himalayanvoice.com | १ फाल्गुन २०८२, शुक्रबार १४:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online