ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई साेमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए।
प्रसाईंलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।

यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए। त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो।

प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ ।
माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो ।

  himalayanvoice.com | ४ फाल्गुन २०८२, सोमबार १४:५७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online