ट्रेण्डिङ्ग:
|नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानलाई सघाउन लन्डनमा च्यारिटी शो|अमेरिका र इरान युद्धविराम वार्ताको लागि पाकिस्तान फर्कने संकेत|कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ लोकार्पण|सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ|अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री बिच भेट|सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त|अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने|योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानहरूलाई प्रभावकारी बनाइने |प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई हस्तान्तरण|धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन 

साहित्यकार रामविनयलाई हृदयचन्द्र स्मृति सम्मान

काठमाडौं । साहित्यकार रामविनयलाई यस वर्षको हृदयचन्द्र स्मृति सम्मान प्रदान गरिएको छ । यहाँ आयोजित कार्यक्रममा हृदयचन्द्रसिंह प्रधानको १११ अ‍ौँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालको आयोजनामा सो सम्मान उहाँलाई प्रदान गरिएको हो ।

साढे छ दशक लामो साहित्य साधना गरी कविता, निबन्ध र कथा सिर्जना तथा साहित्य सन्ध्याजस्तो संस्थामा लामो समय अध्यक्ष रहेर नेतृत्व गर्दै साहित्यको माध्यमबाट समाज परिवर्तनमा गर्नुभएको योगदानको कदर गर्दै उहाँलाई सो सम्मान प्रदान गरिएको आयोजकको भनाइ छ ।

संस्थाका अध्यक्ष प्राडा हेमनाथ पौडेलको अध्यक्षतामा भएको उक्त सम्मान समारोहमा साहित्यकार विनयलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मानपत्र, प्राडा दयाराम श्रेष्ठले दोसल्ला, वरिष्ठ साहित्यकार कोशराज न्यौपानेले माला लगाएर सम्मान गर्नुभयो ।

नगद ५० हजार राशिको सो सम्मानपछि पूर्वमन्त्री एवं साहित्यकार शान्ता मानवीले सम्मानित व्यक्तित्व विनयकी जीवनसाथी सीतादेवी श्रेष्ठलाई माला लगाएर सम्मान गर्नुभयो ।

सो अवसरमा संस्थाका उपाध्यक्ष कवि मित्रलाल पंज्ञनीले साहित्यकार हृदयचन्द्र र पुरस्कृत व्यक्तित्व रामविनयको योगदानका बारेमा मन्तव्य राख्नुभयो । सम्मानित व्यक्तित्व रामविनयले आफूलाई जनपक्षीय साहित्यकार हृदयचन्द्र सिंहका नाममा स्थापित सम्मान प्रदान गरेकोमा उत्साहित भएको बताउनुभयो ।

अध्यक्ष प्राडा हेमनाथ पौडेलले सदनले हालसम्म संस्थाको भौतिक पूर्वाधार निर्माणमा बढी समय खर्च गरेको र यसमा अग्रजहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

  himalayanvoice.com | ५ फाल्गुन २०८२, मंगलवार १५:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online