ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

टी–२० विश्वकप: स्कटल्यान्डविरुद्ध नेपालको जित

काठमाडौं । टी–२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सात विकेटको जित हासिल गरेको छ।

टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। नेपाललाई स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएकोमा नेपालले सात विकेटको जित निकालेको हो।

स्कटल्यान्ड दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले नटआउट ५० रन जोडे। ऐरीसँग साझेदारी गरिरहेका गुल्सन झाले नटआउट २४ रन जोडेका छन्।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ३५ रनको योगदान दिए। अर्का ओपनर आसिफ शेखले ३३ रन जोडेका थिए। कप्तान रोहित कुमार पौडेलले नेपालको जितका लागि १६ रन जोडे थिए। स्कटल्यान्डका लागि मिचेल लिस्कले ३ विकेट लिएका थिए।

त्यसअघि स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरेका थिए। उनले ४५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७१ रनको योगदान दिएका थिए।

त्यस्तै, जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे। बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले २ विकेट लिएका थिए।

त्यस्तै रोहित पौडेल र कुशल भुर्तेलले समान एक एक विकेट झारेका थिए।

  himalayanvoice.com | ५ फाल्गुन २०८२, मंगलवार १५:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online