ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

नौ प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’

काठमाडौँ । नइ एकेडेमीले नेपाली भाषा साहित्यको पठनपाठन तथा अनुसन्धानका साथै ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ को उचाइ अभिवृद्धिमा योगदान पुर्याउने भारतका नौ जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ ।

सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्ति अनुसार भारतीय प्राध्यापकहरू प्राडा कविता लामा, प्राडा कृष्णराज घतानी, डा. टेकबहादुर छेत्री, प्राडा दिवाकर प्रधान, डा. दैवकीदेवी तिम्सिना, प्राडा पुष्प शर्मा, डा. राजकुमार क्षेत्री र प्राडा सञ्जय राई तथा डा. अरुणा राई (संयुक्त) लाई नइ प्रज्ञा पुरस्कार प्रदान गरिने छ । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कारको निर्णय गरेको हो ।

  himalayanvoice.com | ६ फाल्गुन २०८२, बुधबार १४:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online