ट्रेण्डिङ्ग:
|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने|बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना|सम्पत्ति छानबिन आयोग: ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

दीर्घप्रेम

-सुशिला प्रधानाङ्ग

मेरा परेलाहरूबाट

आँसुको नदी बगिरहँदा

मैले सोचेथेँ–

यो दीर्घप्रेमको नमुना हो

नसा नसामा दौडिरहेको

तातो तातो रगतले

सम्झाइरहन्थ्यो मलाई

यो तातो रगत

तिम्रो प्रेमको दीर्घ निशानी हो ।

सपनीमा उसलाई देख्दा–

विपनीमा हरपल

उसलाई नै सम्झिरहँदा

निश्चयका साथ

मलाई लाग्थ्यो

सायद यो पनि

दीर्घप्रेमको एउटा अनुभव हो ।

यसरी

दीर्घप्रेमको परिभाषालाई

आफैँले बनाउँदै हिँडेँ

आफैँले व्याख्या गर्दै हिँडेँ

जब मैले

वास्तविकताको धरातलमा

आफूलाई एक्लै पाएँ

लाग्यो दीर्घप्रेम

मात्र पानीको फोका हो,

आफूले आफूलाई नै गर्ने प्रेम

दीर्घप्रेम हो

जीवन बाँच्नका लागि

एक मुस्कान नै

दीर्घप्रेमको निसानी हो,

दीर्घप्रेमको निसानी हो ।

  himalayanvoice.com | ८ फाल्गुन २०८२, शुक्रबार २३:५७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online