ट्रेण्डिङ्ग:
|धार्मिक नेताहरूले लेन्ट र रमजानको समयमा आइस हिरासत केन्द्रहरूमा पहुँचको लागि जोड दिन्छन्|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|जाजरकोटमा नेपाली कांग्रेसका खडगबहादुर बुढा विजयी|मतगणनामा रास्वपाको दबदबा, १०० क्षेत्रमा जित; २५ स्थानमा अग्रता|झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’|रौतहट २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलम निर्वाचित|झापा–५ बाट बालेन्द्र साह भारि मतले निर्वाचित, झापाका ओलीको बधाई|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|झापा ५ मा रास्वपा वरिष्ठ नेता शाहको अग्रता उच्च|प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अगाडि

वैदेशिक व्यापारका सात महिनाः नौ खर्ब पचास अर्ब घाटा

काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम सात महिनामा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागका अनुसार समीक्षा अवधिमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाखको आयात र एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख बराबरको निर्यात भएको छ । यो अवधिमा मुलुकले नौ खर्ब ५५ अर्ब ३४ करोड तीन लाख घाटा बेहोरेको छ ।

भारतसँग बितेका सात महिनामा छ खर्ब २९ अर्ब २९ करोड ५९ लाखको आयात र एक खर्ब ३७ अर्ब ५१ करोड ७४ लाखको निर्यात हुँदा मुलुकले चार खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख बराबरको व्यापार घाटा बेहोरेको छ ।

चीनसँग दुई खर्ब ३५ अर्ब ३८ करोड २३ लाखको आयात र ९० करोड एक लाख बराबरको निर्यात हुँदा दुई खर्ब ३४ अर्ब ४८ करोड २२ लाख बराबरको घाटा भएको छ ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार अर्जेन्टिनासँग ६६ अर्ब ११ करोड ६६ लाख, संयुक्त अरब इमिरेट्ससँग ३९ अर्ब ७७ करोड ९८ लाख, इन्डोनेसियासँग १२ अर्ब ६४ करोड ४५ लाख बराबरको व्यापार घाटा देखिन्छ ।

व्यापार नाफा बढी रहेका मुलुकमा भने रोमानियासँग यो अवधिमा पाँच करोड ५२ लाख, नर्वेसँग तीन करोड ३३ लाख र आइसल्यान्डसँग दुई करोड ५७ लाख बराबरको व्यापार नाफा देखिन्छ ।पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । यो अवधिमा ६९ अर्ब ९१ करोड २२ लाखको डिजेल, ३८ अर्ब १३ करोड ८६ लाखको पेट्रोल र ३१ अर्ब ८५ करोड नौ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।

यसैगरी, ३१ अर्ब नौ करोड १२ लाख बराबरको फलाम तथा फलामजन्य वस्तु, २१ अर्ब ३२ करोड ६१ लाख बराबरको स्मार्टफोन, ५९ अर्ब १३ करोड ८२ लाख बराबरको कच्चा सोयाबिन तेल, २१ अर्ब २० करोड बराबरको सुन आयात भएको छ ।

बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल ६६ अर्ब ७८ करोड ८७ लाख बराबरको निर्यात भएको छ । अलैँची आठ अर्ब ६१ करोड २० लाख, सूर्यमुखी तेल पाँच अर्ब ७८ करोड, कार्पेट पाँच ७१ करोड ८८ लाख ६९ हजार बराबरको निर्यात भएको विभागको तथ्याङ्क छ । रासस

  himalayanvoice.com | ९ फाल्गुन २०८२, शनिबार १५:४७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online