ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

जावलाखेललाई हराउँदै आयोजक सहारा च्याम्पियन

कास्की । २५औँ संस्करणको आहारारा गोल्ड कप उपाधि आयोजक सहारा क्लबले जितेको छ ।

पोखरा रङ्गशालामा शनिबार भएको फाइनल खेलमा आयोजक सहाराले ‘ए’ डिभिजन टोली जावलाखेल युथ क्लबलाई २–० गोलले हरायो । आयोजक सहाराले १३ वर्षपछि उपाधि उचालेको हो । यसअघि उसले २०७० सालको १२औँ संस्करण जितेको थियो ।

उपाधिसहित सहाराले १४ लाख एक हजार रुपियाँ पुरस्कार पायो । उपविजेता जावलाखेलले सात लाख रुपियाँ प्राप्त गरेको छ । सहारालाई उपाधि दिलाउन कप्तान सुशील लामाको योगदा महत्वपूर्ण रह्यो ।

२५औँ मिनेटमा सुशील लामाले हानेको कर्नर बललाई मुकुन्दकुमार निउरेले हेडमार्फत् पोस्टको दिशा दिँदा गोलमा परिणत भएको थियो । ७३औँ मिनेटमा खेलमा प्लयेर अफ दी म्याच घाषित सुशीलले दिएको पासलाई टाय बादारुले हेडिङ गर्दै गोल गर्नुभएको थियो ।

जावलाखेलका निकोलस र बोबाकारले केही राम्रा अवसरलाई सदुपयोग गर्न सक्नुभएन । जावलाखेलका प्रशिक्षक सुनील कुमार स्कोर गर्न नसक्दा हार व्यहोरेको बताउनुभयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्नुभएका सहारा क्लबका मुकुन्दकुमार निउरेले उदीयमान खेलाडी पनि घोषित हुनुभयो । उहाँलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिएको छ ।

हाइस्कोरर प्यालिङ ब्बाइजका पापा इबु, बेस्ट गोलकिपर टिकेन्द्र थापा सहारा क्लब, बेस्ट मिडफिल्डर बोबाकार जावलाखेल, बेस्ट स्टाइकर धर्बेन्द्र कुँवर जाउलाखेल, बेस्ट प्रशिक्षक सुनील रानामगर सहारा क्लब र अनुशासित टिम आभा फुटबल क्लब उज्बेकिस्तान बनेको छ ।

विधागतमा उत्कृष्ट हुनेलाई जनही नगद २५ हजार रुपियाँ प्रदान गरिएको छ । प्रतियोगितामा तीन विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

  himalayanvoice.com | ९ फाल्गुन २०८२, शनिबार १५:४९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online