ट्रेण्डिङ्ग:
|हिरासत केन्द्रमा स्वास्थ्य निरीक्षणमा अवरोध गरेपछि सान डिएगो काउन्टीद्वारा आइस विरुद्ध मुद्धा दायर|‘मेरी छोरी मान्या’ बालकथा सङ्ग्रहको विमोचन|समानुपातिकतर्फ एक करोड सात लाख मत गणना|दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते|सुनचाँदीको मूल्य बढ्यो|राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि|कर्णालीमा समानुपातिकतर्फ काँग्रेस पहिलो|कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन: वरिष्ठतम न्यायाधीश मल्ल|प्रेम गाहा मगरद्वारा एनआरएनए महाधिवेशन र अनलाइन भोटिङ विरुद्ध उच्च अदालतमा रिट|ट्रम्प प्रशासनद्वारा सर्वोच्च अदालतको पुनरावेदनमा आप्रवासन एजेन्डालाई सुस्त बनाउने अदालतको फैसलाको आलोचना

७० कृतिसहित चिराग-शिवाङ्गिनीको ‘बिटविन टु वर्ल्ड्स’ प्रदर्शनी सुरु

काठमाडौँ । कलाकार चिराग वाङ्देल र शिवाङ्गिनी राणाको संयुक्त कला प्रदर्शनी ‘बिटविन टु वर्ल्ड्स’ शुक्रबारदेखि नेपाल आर्ट काउन्सिल, बबरमहलमा सुरु भएको छ।

एक्रेलिक रङ्ग माध्यममा तयार गरिएका ७० कलाकृति समेटिएको प्रदर्शनीमा चिरागका २७, शिवाङ्गिनीका ४० र दुवैले क्यानभास साझेदारी गरेका तीन कृति समावेश छन्।

प्रदर्शनी आइतबारसम्म सञ्चालन हुनेछ। अमूर्त र अर्धमूर्त शैलीमा सिर्जित कृतिहरूले रङ्ग, विचार र भावनाको सहअस्तित्व खोज्ने प्रयास गरेका छन्।कवि, लेखक तथा चलचित्र निर्माता रूपमा समेत सक्रिय चिरागका अमूर्त कृतिले मानव जीवनका शाश्वत मूर्त बिम्ब बोकेको देखिन्छ।

उहाँका क्यानभासमा विचार र अनुभूतिको गहिराइ रङ्गमार्फत अभिव्यक्त भएको छ। ग्लास पेन्टिङबाट कला यात्रा सुरु गर्नुभएकी शिवाङ्गिनीका रङ्गले अमूर्तताको स्वच्छन्द सीमा नाघ्ने प्रयत्न गर्छन्।

सरल र सहज अभिव्यक्तिभित्र यथार्थको गहन बोध प्रस्तुत गर्ने उहाँका कृतिमा सुनौलो रङ्गको संयोजन विशेष रूपमा देखिन्छ।सुन रङ्गप्रतिको आकर्षणबारे उहाँ भन्नुहुन्छ,“खै किन हो, मलाई यो रङ्गमा बढी आनन्द मिल्छ। सायद यसले गतिशीलता र भावनामा जीवन्तता दिन्छ होला।”

दुवै कलाकारले तीन क्यानभासमा संयुक्त रूपमा काम गर्दै रङ्ग र संवेदनाको संयोजन प्रस्तुत गर्नुभएको छ।सहअस्तित्व, संवाद र अनुभूतिको सेतु निर्माण गर्ने प्रयास स्वरूप प्रस्तुत ‘बिटविन टु वर्ल्ड्स’ले कला पारखीको ध्यान खिच्ने अपेक्षा गरिएको छ।

  himalayanvoice.com | ९ फाल्गुन २०८२, शनिबार १५:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online