ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

कर्फ्यु जारीपछि वीरगञ्जको अवस्था सामान्य, बङ्करसहित सेनाको सुरक्षा गस्ती 

वीरगञ्ज । अनिश्चितकालीन कर्फ्यु आदेश जारी पछि अहिले वीरगन्जको अवस्था सामान्य बनेको छ । विशेषगरी वीरगञ्जको छपकैयादेखि पावरहाउस चोक बिचको मुख्य सडकको बजार क्षेत्र बाहेक अन्य क्षेत्रको जनजीवन सामान्य रहेको छ । 

बजार क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाली सेना सहितका सुरक्षाकर्मी तैनाथ गरिएको छ । नेपाली सेनाले बजार क्षेत्रमा बङ्कर सहितको गस्ती परिचालन गरेको छ ।

कर्फ्यु आदेशको अटेरी गरेको आरोपमा १ जना युवकलाई श्रीपुर क्षेत्रबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

आइतबार साँझको घटनालाई लिएर आज बिहान वीरगञ्जमा एक समुदायले प्रदर्शन गर्ने तयारी थालेपछि प्रशासनले तत्काल ९.४५ बजेबाट लागु हुने गरी अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो ।

हिजो साँझ सवारी पार्किंङ्गको सामान्य विषयलाई लिएर विवाद हुँदा श्रीपुरमा झडप भएको थियो । सामान्य विषयमा भएको विवादले झडप भएपछि आज पुनः प्रदर्शन र झडपको सम्भावना देखेर स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको प्रहरीले जनाएको छ ।

यसैबिच वीरगञ्जमा पटक पटक हुने गरेको तनावलाई लिएर गृह मन्त्रालयले विशेष चासो लिएको छ । अहिले गृह मन्त्रालयका अधिकारीहरू, स्थानीय  प्रशासनसँग नियमित सम्पर्कमा रहेको र प्रहरी प्रधान कार्यालयले केन्द्रबाट प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीलाई वीरगञ्जमा खटाएको छ ।

स्थानीय प्रशासनले आज अपराह्न ३ बजे सम्म स्थिति नियन्त्रणमा रहेको दाबी गर्दै सर्वसाधारणलाई अफवाहमा नलाग्न र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

अत्यावश्यक सेवाका सवारीसाधन र स्वास्थ्यसम्बन्धी सेवामा भने सहजीकरण गरिने प्रशासनले स्पष्ट पारेको छ । स्थानीयवासीलाई शान्ति र सद्भाव कायम राख्न तथा कुनै पनि उक्साहटपूर्ण गतिविधिबाट टाढा रहन प्रशासनले आह्वान गरेको छ ।

  himalayanvoice.com | ११ फाल्गुन २०८२, सोमबार १६:४८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online