ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

नेपाली फुटबल टिमकी कप्तान भण्डारीद्वारा आर्थिक सहयोगको अपिल

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ ।

कप्तान भण्डारीले आज सामाजिक सञ्जालमार्फत चोटका कारण पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहनुपरेको जानकारी दिँदै आफ्नो घुँडाको पुनः जटिल शल्यक्रिया गर्नुपर्ने भएकाले आर्थिक सहयोगका लागि अनुरोध गर्नुभएको हो ।

भण्डारीले आफ्नो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको जानकारी गराउनुभएको छ ।

यस्तै हाल न्युजिल्यान्डस्थित आफु आवद्ध क्लबले स्थानीय अस्पतालमै उपचार गराउन तयार रहेको जनाए पनि चोट गम्भीर रहेकाले कप्तान भण्डारीले उच्चस्तरीय उपचारका लागि कतारमा उपचार गराउने इच्छा सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको छ ।

भण्डारीको उपचारका लागि प्रारम्भिक रूपमा करिब ८० हजार अमेरिकी डलर खर्च हुने जानकारी समेत दिनुभएको छ ।

यस्तै कप्तान भण्डारीले सरकारी स्तरबाट पनि सहयोगका लागि पहल भइरहेको भए पनि प्रक्रिया अपेक्षाअनुसार अघि नबढेकाले आफूले आम समर्थकमाझ सहयोगको अपिल गर्नुपरेको उल्लेख गर्नुभएको छ ।

 

  himalayanvoice.com | ११ फाल्गुन २०८२, सोमबार १६:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online