ट्रेण्डिङ्ग:
|पैसट्ठी प्रतिशत मत खस्ने आयोगको अनुमान|नेपाली कांग्रेसका सभापति थापाद्वारा मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान|आइसलाई गैरकानूनी करदाता डेटा साझा गरिएको प्रश्नहरूको जवाफ दिन आइआरएस अधिकारी बिसिग्नानोद्वारा अस्वीकार|गोलीकाण्डपछि कांग्रेससमक्ष उपस्थित नोएमद्वारा होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको बचाउ|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|नेपालबाट नौ देशमा रोकियो उडान|प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशैभर बिहान ७ बजेदेखि मतदान सुरु|होलीको निमन्त्रणा, आउनुहोस, सप्तरंगी पर्व मनाउन आइतबार आर्टेसिया पार्कमा|जुलियन क्यास्ट्रोले अमेरिकाको दक्षिणपश्चिमका ल्याटिनो समुदायको परोपकारी कोषमा २५० मिलियन डलर दान गर्दै|मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा लागि सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभा सदस्य  निर्वाचनका लागि तीन दिन बिदा 

काठमाडौँ । सरकारले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चिन सरकारद्वारा प्रदान गरिने ४ मिलियन अमेरिकी डलर बरावरको आर्थिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकले निर्वाचनका लागि फागुन २०,२१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्षको विनियोजित बजेटमा उल्लेख भएबमोजिम बुढिगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता अर्यालले बताउनुभयो ।

गृहमन्त्री एवं सरकार प्रवक्ता अर्यालले काठमाडौँ जिल्ला अदालतको जिल्ला न्यायाधीश डा.दिवाकर भट्टलाई उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने, वि.स २०८३ सालभरि दिइने सार्वजनिक बिदाहरू निर्धारण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले जेनजी परिषद् गठन गर्ने पनि निर्णय गरेको प्रवक्ता अर्यालले बताउनुभयो ।

  himalayanvoice.com | १२ फाल्गुन २०८२, मंगलवार १३:०६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online