ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

सुर्खेत। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले प्रदेशका १० जिल्लामा ३५९ वटा मतदानस्थल अति संमवेदनशील, ४२२ वटा संवेदनशील र १६० वटा सामान्य रहेको जानकारी दिनुभयो ।

प्रदेशमा रहेका ९४१ वटा स्थायी र १८ वटा अस्थायी गरेर ९५९ वटा मतदानस्थल रहेका छन् । यहाँ एक हजार ४५५ वटा मतदान केन्द्रमध्ये सुरक्षाका हिसाबले ४४६ वटा मतदान केन्द्र अति संवेदशील रहेका छन् । संवेदशीलमा ६९७ र सामान्य अवस्थाका २८४ वटा मतदान केन्द्र रहेका छन् ।

एउटा मात्र केन्द्र भएको स्थलको सङ्ख्या कर्णालीमा ५२५, दुई केन्द्र भए ३५३, तीन केन्द्र भएको स्थल ४९, चार केन्द्र भएको स्थलको सङ्ख्या १२, पाँच केन्द्र भएको स्थलको सङ्ख्या एक, छ केन्द्र भएको स्थल एक रहेको छ । एक केन्द्र भएको अस्थायी स्थलको सङ्ख्या १८, थप मतदान केन्द्रको सङ्ख्या ४९६ रहेका छन् ।

कर्णालीमा १२ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत र दैलेखमा दुई÷दुई वटा र अन्य आठ जिल्लामा एक÷एक वटा निर्वाचन क्षेत्र छन् । प्रदेशमा कुल मतदाना सङ्ख्या १० लाख ३७१८ वडा रहेको कर्णालीमा ५४ वटा गाउँपालिका र २५ वटा नगरपालिका रहेका छन् ।

  himalayanvoice.com | १३ फाल्गुन २०८२, बुधबार २०:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online