ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

कांग्रेसका पूर्वसभापति  देउवा उपचारका लागि सिंगापुर प्रस्थान देशभर निर्वाचन गतिविधि तीव्र भइरहेका बेला उम्मेदवारलाई विजयी गराउन देउवा गृह जिल्ला आउने, नआउने भन्ने अन्योल कायमै थियो। तर उहाँको सिंगापुर यात्रापछि यस पटक मतदानका लागि नआउने स्पष्ट भएको हो।

डडेल्धुरा । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यस पटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न गृह जिल्ला डडेल्धुरा नआउने निश्चित भएको छ।

निर्वाचन हुन अब सात दिन बाँकी रहँदा देउवा बुधबार राति स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएकाे छ । उहाँले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मटेलास्थित असिग्राम मावि मतदान केन्द्रबाट प्रत्येक निर्वाचनमा मतदान गर्दै आउनुभएकाे थियाे।

देशभर निर्वाचन गतिविधि तीव्र भइरहेका बेला उम्मेदवारलाई विजयी गराउन देउवा गृह जिल्ला आउने, नआउने भन्ने अन्योल कायमै थियो। तर उहाँको सिंगापुर यात्रापछि यस पटक मतदानका लागि नआउने स्पष्ट भएको हो।

जेनजी आन्दोलन र विशेष महाधिवेशनपछिको अवस्थापछि देउवा सार्वजनिक रूपमा धेरै सक्रिय देखिनुभएकाे छैन। निर्वाचन र पार्टीको जितका विषयमा उहाँले हालसम्म कुनै सार्वजनिक अभिव्यक्ति दिनुभएकाे छैन।

नेपाली कांग्रेस डडेल्धुरा स्रोतका अनुसार स्वास्थ्य समस्याका कारण देउवा पार्टीको आमसभामा सहभागी हुने सम्भावना न्यून रहेको बताइएको थियो।

२०४८ सालदेखि २०७९ सालसम्म निरन्तर संघीय निर्वाचन लड्दै आउनुभएका देउवाको निर्वाचन क्षेत्र डडेल्धुराबाट यस पटक कांग्रेसका तर्फबाट नैनसिंह महर उम्मेदवार रहनुभएकाे छ।

  himalayanvoice.com | १४ फाल्गुन २०८२, बिहीबार ०१:०४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online