ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

भोलि खण्डग्रास चन्द्रग्रहण

काठमाडौँ । फागुन १९ गते मङ्गलबार साँझ नेपालका विभिन्न भागबाट खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । यो ग्रहण विशेष किसिमको रहने छ किनभने चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा चन्द्रमा उदाउने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्राडा जयन्त आचार्य बताउनुहुन्छ । 

आचार्यका अनुसार काठमाडौँमा साँझ ६:०४ बजे चन्द्रमाको उदय हुने छ । चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छायाले ढाकिएको हुने छ । यो खगोलीय घटना काठमाडौँबाट करिब एक घण्टासम्म मात्र स्पष्ट रूपमा देख्न सकिने छ । साँझ ७:०४ बजेपछि चन्द्रमा बिस्तारै पृथ्वीको मुख्य छायाबाट बाहिर निस्कने छ ।

चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता पर्दैन । सूर्यग्रहण जस्तो यसले आँखालाई असर नगर्ने हुनाले नाङ्गो आँखाले खुला ठाउँबाट यसलाई स्पष्ट र सुरक्षित रूपमा हेर्न सकिने उहाँ बताउनुहुन्छ । नेपालबाट यो ग्रहणपछि अब विसं २०८४ मा मात्र खण्डग्रास सूर्यग्रहण देखिने उहाँले बताउनुभएको छ ।

  himalayanvoice.com | १७ फाल्गुन २०८२, आईतवार २१:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online