ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपियाँ २७ पैसा र बिक्रीदर १४५ रुपियाँ ८७ पैसा तोकिएको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ६२ पैसा र बिक्रीदर १७२ रुपियाँ ३३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपियाँ ९० पैसा र बिक्रीदर १९६ रुपियाँ ७१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ ९४ पैसा र बिक्रीदर १८९ रुपियाँ ७२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपियाँ ३७ पैसा र बिक्रीदर १०३ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ४७ पैसा र बिक्रीदर १०६ रुपियाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ८४ पैसा र बिक्रीदर ११५ रुपियाँ ३१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३१ पैसा र बिक्रीदर नौ रुपियाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ १८ पैसा र बिक्रीदर २१ रुपियाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ७३  पैसा र बिक्रीदर ३८ रुपियाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ८५ पैसा र बिक्रीदर ४० रुपियाँ ०२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६८ पैसा र बिक्रीदर चार रुपियाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ५५ पैसा र बिक्रीदर ३९ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०९ पैसा र बिक्रीदर १० रुपियाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०९ पैसा र बिक्रीदर १६ रुपियाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९७ पैसा र बिक्रीदर २३ रुपियाँ ०६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५७ पैसा र बिक्रीदर १८ रुपियाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपियाँ ५२ पैसा र बिक्रीदर ४७७ रुपियाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपियाँ २९ पैसा र बिक्रीदर ३८६ रुपियाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपियाँ ८२ पैसा र बिक्रीदर ३७९ रुपियाँ ३८ पैसा रहेको छ  । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

  himalayanvoice.com | १७ फाल्गुन २०८२, आईतवार २१:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online