ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

महोत्तरीको गौशाला बजार तनावग्रस्त, प्रहरीद्वारा १७ राउण्ड अश्रुग्यास प्रहार

महोत्तरी । गौशाला नगरपालिका –५ स्थित गौशाला बजारमा सोमबार साँझ बालबालिका खेल्ने क्रममा एक महिलाले बच्चा चोरी गर्न लागेको हल्ला फैलिएपछि अवस्था तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षकर्मीले १७ राउण्ड हवाइ फायर गरेको छ ।

प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गामुढा लागेर सशस्त्रतर्फका २ जना प्रहरी जवान घाइते भएका छन् । घटनास्थललाई अहिले सेनासहितको सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ ।

बर्दीबासस्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मूख्यालयका अनुसार तनाव चर्कदै गएपछि सोमवार साँझ करिव साढे ७ बजेतिर भिडले सोही वडामा रहेको समिर गेष्ट हाउसमा आगजनी प्रयास गरेपछि अवस्था उग्र बनेको थियो ।

गौशाला बजारका स्थानीय प्रत्यक्षदर्शीका अनुसार बच्चा चोरेको हल्ला फैलिएपछि एक हजार जना बढीको भिड गेष्टहाउस घेराउ गर्दै आगजनी प्रयास गरेको थियो ।

अवस्थालाई थप तनवाग्रस्त हुन नदिन सुरक्षाकर्मीले १७ सेल अश्रुग्यास प्रहार गरेको बर्दीबासस्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मूख्यालयका डिआइजी कृष्ण ढकालले बताउनुभयो ।

डिआइजी ढकालकाअनुसार संयुक्त सुरक्षा टोलीको प्रयासमा बर्दिबास तथा रामगोपालपुर नगरपालिकाबाट घटनास्थल पुगेको वारुणयन्त्रले गेष्टहाउसमा लागेको आगो नियंत्रणमा लिएको थियो ।

बर्दीबासस्थित निर्वाचन क्षेत्र न. १ स्थित बेशबाट स.प्र.ना.उ. गान्धिवराज स्याङतानको कमान्डमा ६२ जना र सशस्त्र प्रहरी २ छिन्नमस्ता बाहिनीबाट एएसआई रोशन खड्काको नेतृत्वमा ४ जना सुरक्षाकर्मीको टोली नेपाली सेना, नेपाल प्रहरीको टोली सो क्षेत्रमा खटिएको छ ।

बच्चा चोरेको आरोप लागेकी भारतीय महिलाको उद्धार गरी जिल्ला प्रहरी कार्यालय महोत्तरी लगेको मधेश प्रदेश प्रहरी कार्यालयका डिआइजी गोविन्द थपलियाले बताउनुभयो ।

  himalayanvoice.com | १८ फाल्गुन २०८२, सोमबार १३:४२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online