ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

चितवन–२ मा रवि लामिछानेको अग्रता फराकिलो बन्दै

चितवन । प्रतिनिधिसभा अन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता बढाउनुभएकाे छ।

हालसम्मको मतगणनाअनुसार लामिछानेले २ हजार २५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहनुभएकाेे छ। उहाँलाई नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले १ हजार ६९ मतसहित पछ्याइरहनुभएकाे छ।

तेस्रो स्थानमा नेकपाका प्रताप गुरुङ रहनुभएकाे छ। उहाँले १ हजार १० मत प्राप्त गर्नुभएकाे छ। त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले ६६८ मत प्राप्त गर्नुभएकाे छ।

चितवन–२ मा मतगणना जारी रहेको छ भने थप नतिजा क्रमशः सार्वजनिक हुँदै जाने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

  himalayanvoice.com | २१ फाल्गुन २०८२, बिहीबार २१:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online