ट्रेण्डिङ्ग:
|नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानलाई सघाउन लन्डनमा च्यारिटी शो|अमेरिका र इरान युद्धविराम वार्ताको लागि पाकिस्तान फर्कने संकेत|कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ लोकार्पण|सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ|अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री बिच भेट|सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त|अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने|योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानहरूलाई प्रभावकारी बनाइने |प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई हस्तान्तरण|धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन 

एसियाड प्रवर्धनका लागि ‘फन रन’को तयारी

काठमाडौँ । २०औँ एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’ हुने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)को कार्यक्रम अन्तर्गत ‘फन रन’ गर्न लागेको हो ।

एनओसीले यो दौड सफलतापूर्वक सञ्चालन गर्नका लागि रामकृष्ण श्रेष्ठ बोसको संयोजकत्वमा पाँच सदस्यीय एसियन गेम फन रन आयोजक समितिको गठन गरेको छ ।

संयोजक श्रेष्ठ बोसले एसियन गेम्सअघि एसियाको यस शीर्ष खेलकुद प्रतियोगितामा सहभागी हुने प्राय राष्ट्रले फन रन गर्ने परम्परा रहिआएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले पनि ओलम्पिकको भावना अनुरूप हुने यस परम्परालाई कायम राख्न विगत तीन वर्षदेखि एसियाली खेलकुद अघि फन रनको आयोजना गर्दै आएका छौँ । यसअघि, एनओसीले सन् २०१८ मा भएको जाकार्ता–पालेमबाङ एसियाड र पछिल्लो ह्वाङजाउ एसियाडको प्रचारप्रसार स्वरूप फन रनको आयोजना गरेको थियो ।’’

फन रन फागुन ३० गते शनिबार बिहान ७:३० बजे सुरु हुने छ । एनओसी भवनको प्राङगणमा एक कार्यक्रमबिच सुरु हुने फन रन पाटन दरबार स्क्वायरमा पुगेर समापन हुने छ ।

संयोजक श्रेष्ठ बोसले करिब तीन किलोमिटरको सो फन रन दुरीमा सहभागीहरूले पाटनका सम्पदा क्षेत्रको अवलोकन पनि गर्ने बताउनुभयो । सो फन रनमा खेलाडी, विद्यार्थी, सञ्चारकर्मी, ओलम्पियन, खेल सङ्घसंस्था, कुटनीतिक व्यक्तित्व, सुरक्षा फौजका प्रतिनिधि गरी करिब एक हजारको सहभागिता रहने अपेक्षा गरेको संयोजक श्रेष्ठ बोसले बताउनुभयो ।

सो फन रनमा आइची नागोया एसियन गेम्सको आयोजक कमिटका प्रतिनिधि, ओलम्पिक काउन्सिल अफ एसियाका प्रतिनिधिका साथै नेपालका लागि जापानी राजदूतको पनि सहभागिता रहने जानकारी संयोजक श्रेष्ठ बोसले दिनुभएको छ ।

आगामी एसियाड जापानको नागोया सहरलाई दिइएको छ । प्रत्येक चार वर्षमा हुने एसियाड यसपाली आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म हुँदैछ । २०औँ एसियाली खेलकुदमा सहभागिताका लागि एनओसीले ३२ खेलको दर्ता गरिसकेको छ ।

  himalayanvoice.com | २२ फाल्गुन २०८२, शुक्रबार १३:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online