ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

झापा–५ बाट बालेन्द्र साह भारि मतले निर्वाचित, झापाका ओलीको बधाई

काठमाडौँ । झापा–५ मा बालेन्द्र साह ४९ हजार ६१४ मतान्तरले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै निर्वाचित हुनु भएको छ ।

बालेन्द्र साह निर्वाचित भए लगत्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई बधाई दिनुभएको छ ।

झापा–५ मा बालेनसँग ४९ हजार ६१४ मतान्तरले पराजित भए लगत्तै ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् बधाई तथा शुभकामना दिनुभएको हो।

झापा–५ मा बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत ल्याउनुभएको छ । ओलीलाई साहले ४९ हजार ६१४ मतान्तरले पराजित गर्नुभएको हो ।

यसअघि काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएपछि तबला उपहार दिएको तस्बिर साझा गर्दै ओलीले शुभकामना दिनुभएको हो ।

  himalayanvoice.com | २३ फाल्गुन २०८२, शनिबार १३:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online