ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

नेपालीहरूको सुरक्षाका लागि सरकार सबै किसिमको तयारीमा ः मन्त्री शर्मा

काठमाडौँ । परराष्ट्र मन्त्री बालनन्द शर्माले मध्य एसियामा रहेका नेपालीहरू द्वन्द्वमा प्रत्यक्ष लक्षित नरहेकाले सुरक्षित रहेको बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले मध्य एसियामा रहेका नेपालीहरूको उद्धार एवं सुरक्षाका लागि शुरु गरिएको तथ्याङ्क सङ्कलनमा हालसम्म ८३ हजार भन्दा बढीले सम्बन्धित नियोगहरूबाट फारम भरेको जानकारी दिनुभयो ।

मन्त्री शर्माले नेपालीहरूको सुरक्षाका लागि सरकार सबै किसिमको तयारीमा रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले मध्य एसियामा रहेका नेपालीहरूलाई सुरक्षाका हिसाबले तत्काल उद्धार गरेर स्वदेश ल्याउनु पर्ने अवस्था नरहेको बताउनुभयो ।

सचिव राईले मध्य एसियामा रहेको नेपाली श्रमिकहरूको सुरक्षाका लागि त्यहाँ श्रमिक पठाउने अन्य मुलुकहरूको समन्वयमा आवश्यक व्यवस्था गरिएको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले मध्य एसियामा अव बिस्तारै अवस्था सहज हुँदै जाने आँकलन गरिएको बताउनुभयो ।

मध्य एसियामा औपचारिक रुपमा करिब २० लाख र अनौपचारिक रुपमा २५ देखि ३० लाख नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

  himalayanvoice.com | २७ फाल्गुन २०८२, बुधबार १२:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online