ट्रेण्डिङ्ग:
|राजनीतिक दल बन्ने प्रक्रियामा पहिलो महाधिवेशनमा जुट्यो रास्वपा|बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै|आइसले गत वर्ष १७४ डाका प्राप्तकर्ताहरूलाई देश निकाला गरेको तथ्य सार्वजनिक|ट्रम्पले भने कि अमेरिकी वार्ताकारहरू इरानसँग वार्ता गर्न सोमबार पाकिस्तान जानेछन्|कोशीमा बर्डफ्लु विपत्ति : २ लाख २७ हजार कुखुरा मारिँदै|निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल|विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले अब घरबाटै नो अब्जेक्सन लेटर लिन सक्ने|कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार

५ वर्षपछि खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

पोखरा । कोभिड–१९ महामारी र विभिन्न प्रशासनिक तथा प्राविधिक कारणले विगत पाँच वर्षदेखि सञ्चालन हुन नसकेको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप पुनः सञ्चालन हुने भएको छ । २१ औँ संस्करणको नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप आगामी चैत ५ गतेदेखि ७ गतेसम्म पोखरामा आयोजना हुने भएको नेपाल हवाई खेलकुद संस्था ना ले जनाएको छ ।

पाँच वर्षपछि आयोजना हुन लागेको प्रतियोगितामा नेपालसहित हालसम्म ८ देशका ८७ जना प्याराग्लाइडिङ पाइलटहरूले अनलाइनमार्फत नाम दर्ता गराएको प्रतियोगिताका संयोजक सुनिल भट्टराईले बताउनुभयो । प्रतियोगितामा भारत, चीन, साउदी अरेबिया, उज्वेकिस्तान, इटली र लेबनानका प्याराग्लाइडिङ पाइलटहरूले सहभागी हुने गरी दर्ता गराएको उहाँले जनाउनुभयो । यसपटक प्रतियोगिता एक्युरेसी (Accuracy) विधामा सञ्चालन गरिने भएको छ ।

प्रतियोगिताको टेकअफ स्थल सराङकोट रहनेछ भने खपौदीमा ल्याण्डिङ गर्ने गरी तयारी र आवश्यक समन्वय गरिएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीले बताउनुभयो । सम्बन्धित निकायबाट अनुमति नपाएमा तोरपानीबाट टेकअफ गरी हर्पन वा भकुण्डे क्षेत्रमा ल्याण्डिङ गर्ने वैकल्पिक योजना पनि बनाइएको उहाँले जनाउनुभयो । प्रतियोगितामा एक्युरेसीतर्फको व्यक्तिगत तथा टिम दुवै विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । व्यक्तिगत तथा टिमतर्फका विजेताले समान १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सोलो प्याराग्लाइडिङ अनुमति रोकिएसँगै कोभिड–१९ महामारीका कारण विगत केही वर्षदेखि स्थगित रहेको प्रतियोगिता पुनः सञ्चालन हुन लागेको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका प्रतियोगिताको प्रवर्द्धकका रुपमा रहेका छन् भने प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा पर्यटन परिषद्, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा), नेपाल प्याराग्लाइडिङ पाइलट क्लब लगायतको सहयोग गरेको ना ले जनाएको छ ।

पोखरामा व्यावसायिक रुपमा सञ्चालन भएका ६० भन्दा बढी कम्पनी रहेको र करिब ३ सय ६६ टेण्डम प्याराग्लाइडिङ पाइलट र कबिर एक सय ४० जना जसो सोलो प्याराग्लाइडिङ पाइलटहरू रहेको बताइन्छ । उक्त प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवर्द्धन हुनुका साथै दशौंं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत थप टेवा पुग्ने विश्वास गरिएको छ ।

  himalayanvoice.com | २७ फाल्गुन २०८२, बुधबार १२:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online