ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

मध्यपूर्वमा रहेका पाँच हजार नेपालीले गराए असुरक्षित रहेको जानकारी

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावका बिच पाँच हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको प्रेस ब्रिफिङमा सो जानकारी दिइएको हो । ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एसियामा रहेका नेपाली नागरिकको अवस्था अद्यावधिक गर्न कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा पाँच हजारभन्दा बढीले आफ्नो विवरण टिपाएको उल्लेख गर्नुभयो ।

प्रवक्ता क्षेत्रीका अनुसार, पछिल्लो समय विवरण अद्यावधिक गर्ने क्रममा केही नागरिकले आफू सुरक्षित रहेको जानकारीसमेत गराउन थालेका छन् । असुरक्षित रहेका नागरिकको सुरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूसँग आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो ।

“पाँच हजार जनाले आफू असुरक्षित रहेको जानकारी गराउनुभएको छ, तर पछिल्लो समय यो सङ्ख्या घट्दो क्रममा छ,” प्रवक्ता क्षेत्रीले भन्नुभयो, “विशेष गरी ट्रान्जिटमा रहेका नेपालीले बढी असुरक्षित महसुस गरेको पाइएको छ । उहाँहरूको सुरक्षा र उद्धारका लागि सरकार क्रियाशील छ ।”

मध्यपूर्वको तनावबारे अध्ययन गरी सरकारलाई सुझाव दिन गठित ‘इमर्जेन्सी रेस्पोन्स टिम’ ले आफ्नो कार्य जारी राखेको समेत मन्त्रालयले जनाएको छ ।

  himalayanvoice.com | २७ फाल्गुन २०८२, बुधबार १५:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online