ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

एमाले केन्द्रीय सदस्य थापाको हृदयघातका कारण निधन

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको ६६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । बिहीबार क्षेत्रीय निर्वाचन समीक्षा बैठकमा सम्बोधन गर्ने क्रममा उहाँ अचानक ढल्नुभएको थियो ।

बैठकस्थलमा आफ्नो मन्तव्य राखेलगत्तै हृदयघात भई ढल्नुभएका थापालाई उपचारका लागि तुरुन्तै मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

उहाँको पार्थिव शरीर अहिले मणिपाल अस्पतालमै राखिएको छ । अस्पताल परिसरमा एमालेका नेता तथा कार्यकर्तासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, आफन्त र शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको छ । पारिवारिक स्रोतका अनुसार उहाँका छोरा वैदेशिक रोजगारीका सिलसिलामा नेपालबाहिर रहनुभएकाले अन्त्येष्टिको निर्णय उहाँ आएपछि गरिनेछ ।

थापा गण्डकी प्रदेशसभाका संस्थापक सदस्य हुनुहुन्थ्यो । उहाँले पोखरा महानगरपालिकाको पूर्वप्रमुख (मेयर) को रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको निधनले कास्कीको राजनीति र एमाले पंक्तिमा अपूरणीय क्षति पुगेको नेताहरूले बताएका छन् ।

  himalayanvoice.com | २८ फाल्गुन २०८२, बिहीबार १३:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online