ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

कम्बोडियामा अलपत्र परेका १६ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइयाे

बैंकक। कम्बोडियामा अलपत्र परेका १६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ । 

कम्बोडियामा अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएका तथा बिनाभिसा बसिरहेका उनीहरूलाई नेपाली राजदूतावास, बैंकक र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी आज स्वदेश फर्काइएको नेपाली राजदूतावास बैंककले जनाएको छ ।

मानव तस्करको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई समेत नेपाल फर्काउने पहल भइरहेको राजदूतावासले जनाएको छ ।

यसैगरी, नेपाल सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका मुलुकमा भ्रमण भिसामा रोजगारीका लागि नआउन नेपाली राजदूतावास, बैंककले अनुरोध समेत गरेको छ ।

  himalayanvoice.com | २८ फाल्गुन २०८२, बिहीबार १३:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online