ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

काठमाडौँ । स्विट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा एन्फा महासचिव किरण राईले एरेनालाई नियुक्ति पत्र हस्तान्तरण गरे । एरेनाको पहिलो जिम्मेवारी चैत १३ गते (मार्च २६) हुने अन्तर्राष्ट्रिय खेल हुनेछ । नेपालले दशरथ रङ्गशालामा हङकङ (चीन) सँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

एरेनाले यसअघि विभिन्न देशका क्लब टोलीहरू सम्हालेका छन् । सन् २०११ मा उनले सिंगापुरको क्लब एतोइल एफसीको प्रशिक्षकका रूपमा काम गरेका थिए । त्यसपछि २०१२ मा अल्जेरियाको क्लब सिआर बेलौइजदादको प्रशिक्षक बनेका थिए ।

त्यसैगरी २०१८ मा जाम्बियाको बिल्डकन एफसीको प्रशिक्षक बनेका एरेनाले त्यसपछि स्विट्जरल्याण्डको एफसी कोन्ते पनि सम्हालेका थिए । सन् २०२० मा उनले मोरक्कोको क्लब आरसी ओउएद जेमको प्रशिक्षकका रूपमा काम गरेका थिए ।

पछिल्लो पटक २०२३ मा उनले लाओसको यु २३ को कार्यवाहक प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए ।

  himalayanvoice.com | २८ फाल्गुन २०८२, बिहीबार १३:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online