ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

चुनावपछि चलचित्र ‘लालिमा’ हलमा पहिलो प्रदर्शनमा

काठमाडौँ । प्रतिनिधि सभा चुनावपछि चलचित्र ‘लालिमा’ हलमा पहिलो प्रदर्शनमा आउने चलचित्र हो । यौनकर्मी महिलाको वास्तविक जीवनका कथामा आधारित चलचित्रको भूमिकामा अभिनेतृ रोशनी कार्की देखिएकी छन् । उनको यो पहिलो शीर्ष भूमिका हो । 

चलचित्र तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित छ । चलचित्रको कथा लालिमाको कठिन यात्रासँग सम्बन्धित छ । एक घटनाले लालिमाकी बोल्न नसक्ने आमा कारागार पुग्छिन् । आमालाई कारागार मुक्त गराउने क्रममा लालिमा सहरको कठोर र अँध्यारोतर्फ धकेलिन्छन् । त्यसपछि लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँच्न बाध्य हुन्छिन् ।

नायिका उषा रजक लालिमाको आमाको भूमिकामा देखिनुभएको छ । उहाँ पहिलो पटक आमाको भूमिकामा देखिनुभएको हो । रोशन मिजार निर्देशित चलचित्रमा रोशनी र उषासँगै शिशिर बाङ्देल, जीवन भट्टराई, उषा रजक, सुषमा निरौला, सविन कट्टेल र घनश्याम जोशीलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रले प्रदर्शनको पहिलो दिन देशभर करिब ६० सो पाएको छ । लफेथ आस्थाको प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता रीना लामा हुनुहुन्छ ।

  himalayanvoice.com | ३० फाल्गुन २०८२, शनिबार ००:२०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online