ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय र कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आइतबार बस्दै छ । उपसभापति डोलप्रसाद अर्यालका अनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फको सूची तय गर्नका लागि सचिवालय बैठक बस्ने भएको हो । उहाँले बैठकले समानुपातिकतर्फ सूची तय गरेपछि निर्वाचन आयोगमा बुझाउने जानकारी दिनुभयो । सभापति रवि लामिछानेको स्वास्थ्य प्रतिकूल भएपछि शनिबारका लागि आह्वान गरिएको सचिवालय बैठक आइतबार सारिएको हो । रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा विजयी हासिल गर्दा समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक सूची तय गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्ने छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ । निर्वाचन आयोगले तीन दिनभित्र समानुपातिकको नाम टुङ्गो लगाउन पत्र पठाएपछि नेकपाले आइतबार बैठक बसेर अन्तिम सूची तय गर्ने भएको हो । नेकपाको प्रत्यक्षतर्फ आठ सिट पाएको छ भने समानुपातिकमा नौ सिट मात्रै पाएको छ ।

नेकपा कार्यालयका सचिव गोविन्द आचार्यले पार्टीबाट समानुपातिक सांसद हुनेको नाम आइतबार बैठक बसेर टुङ्गो लगाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबै कलस्टर मिलाएर बैठक बसेर टुङ्गो लगाएपछि निर्वाचन आयोगलाई बुझाउँछौँ ।” बैठकमा निर्वाचन परिणामका विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् । नेकपाले समानुपातिकमा कुल आठ लाख ११ हजार ५७७ मत मात्रै पाएको थियो ।

  himalayanvoice.com | ३० फाल्गुन २०८२, शनिबार २२:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online