ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

नेपाली कांग्रेसले टुंगो लगायो २० जना समानुपातिक सांसद

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदको नाम टुङ्ग्याएको हो ।

कांग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्ने छ । सोहीअनुसार सांसद छानिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उहाँले सङ्घीय संसद्‍मा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्ने भएकाले २० सिटमध्ये १५ जना महिला अनिवार्य रहेको बताउनुभयो । उनले विभिन्न क्लस्टर मिलाएर समानुपातिक सांसद छानिएको र आइतबार नै निर्वाचन आयोगमा नामावली बुझाइने जानकारी दिए ।

प्रवक्ता चालिसेका अनुसार आदिवासी जनजातिबाट ६, खसआर्यबाट ६ र थारू, दलित, मधेसी, मुस्लिम तथा पिछडिएको क्षेत्र बाँकी मिलाएर अन्य सांसद चयन गरिएको छ । १५ जना अनिवार्य महिला र बाँकी सबै समावेशी समूह मिलाएर सांसद चयन गरिएको चालिसेले जानकारी दिएका छन् ।

उनले भने, ‘सङ्घीय संसद्‍मा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्छ । राष्ट्रिय सभासहित सबै हिसाब गर्दा अहिले हामीले २० जना प्रतिनिधि छान्दा १५ जना महिला अनिवार्य छ । आदिवासी जनजाति, खसआर्य र अन्य क्लस्टर मिलाएर हामीले नामावली निर्णय गरिसकेका छौँ ।’

प्रवक्ता चालिसेले बन्दसूचीमा आधारित भएरै निर्णय गरिएको र आयोगले रुजु गरेपछि नामावली सार्वजनिक हुने बताउनुभयो । उनले निर्वाचनको समीक्षाका लागि केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाइने जानकारी दिए ।

  himalayanvoice.com | १ चैत्र २०८२, आईतवार ११:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online