ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

एसियन कप छनोटको तेस्रो चरणमा नेपाललाई तीन अंक

काठमाडौँ । मलेसिया फुटबल संघ विश्व फुटबलको सर्वोच्च निकाय फिफाको कारबाहीमा परेसँगै एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले तीन अंक पाएको छ ।

फिफा अनुशासन समितिको मङ्गलवार बसेको बैठकले फिफाको अनुशासन संहिता (एफडिसी)को धारा २२ को उल्लङ्घन गरेको भन्दै मलेसियालाई कारबाही गरेको छ । जसले गर्दा नेपालले अङ्कको खाता खोल्न सफल भएको छ ।

समूह ‘एफ’ अन्तर्गत गत जुन १० मा मलेसिया आफ्नो दोस्रो खेलमा भियतनामविरुद्ध ४–० को सहज जित हासिल गरेको थियो । क्वालालम्पुरस्थित बुकित जलिल नेशनल रङ्गशालामा सम्पन्न खेलमा घरेलु टोलीका लागि जाओ भिटर ब्रान्डाओ फिगुएरेडो, रोड्रिगो हुलियन होलगाडो, लरेन्स कोर्विन ओङ र डियोन कुल्सले गोल गरेका थिए ।

फिफाले होलगाडो र फिगुएरेडोसहित सात खेलाडीलाई कारबाहीको आधिकारिक मितिबाट १२ महिनासम्म फुटबलका गतिविधिबाट प्रतिबन्ध लगाउनुका साथै २००० स्विस फ्र्याङ्क ९३ लाख ५४ हजार ५३७ नेपाली रुपैयाँ० जरिवाना तोकेको छ । त्यस्तै मलेसिया फुटबल सङ्घलाई ३५ हजार स्विस फ्र्याङ्क ९६ करोड २० लाख ४४ हजार १४८ नेपाली रुपैयाँ० जरिवाना लगाइएको छ ।

गत सेप्टेम्बरमा फिफा अनुशासन समितिले मलेसियालाई कारबाही सुनाएको थियो । त्यसपछि मलेसिया संघ र खेलाडीले १० दिनभित्र आफ्नो कारबाहीविरुद्ध अपिल समितिमा निवेदन दिन भनिएको थियो । अन्ततः ६ महिनापछि मलेसिया कारबाहीमा परेको हो । कारबाहीमा परेका एक जना खेलाडीले समूहको पहिलो खेलमा नेपालविरुद्ध गोलसमेत गरेका थिए । गत मार्चमा मलेसियाले नेपाललाई २–० ले हराएको थियो । दोस्रो गोल गरेका लरेन्स कोर्विन ओङ कारबाहीमा पर्ने खेलाडी हुन् । यसकारण नेपालले तीन अंक हासिल गरेको हो ।

नेपाल एसियन कप पुग्ने समीकरणबाट बाहिरिइसकेको छ । नेपालले मार्च ३१ मा लाओससँग खेल्दै प्रतियोगिताको अन्त्य गर्नेछ ।

  himalayanvoice.com | ३ चैत्र २०८२, मंगलवार १३:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online