ट्रेण्डिङ्ग:
|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

पत्रकार विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ विमोचित

काठमाडौँ। नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ पुस्तक मङ्गलबार विमोचन गरिएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा उक्त पुस्तक विमोचन गरिएको हो । 

पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेनजी युवाको आन्दोलन, परिवर्तन र निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले हालै सम्पन्न निर्वाचनबाट प्राप्त दुई तिहाइनजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो ।

२०१५ साललाई सम्झिनुहुँदै उहाँले नेपाली कांग्रेसले दुई तिहाइ ल्याएर बिपी कोइराला प्रधानमन्त्री हुनुभएको कुरा स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “देश, संविधान, लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समावेशिता सबै बचोस् । संविधानको पालनाको काम होस् तर आगामी निर्वाचनमा प्रतिपक्ष नरहने गरी आफू मात्रै जित्नु पर्छ भन्ने सोच कसैले राख्नुहुन्न ।” नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले मुलुकमा विसं २०७४ यता ‘कारोबारी राजनीति’ र गठबन्धनको संस्कार चलिरहेकामा पछिल्लो जनमतले त्यसमा ‘ब्रेक’ लगाएको उल्लेख गर्नुभयो ।  उहाँले अब विगतका गल्ती नदोहो¥याउँदै मुलुक अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पोखरेलद्वारा प्रकाशित पुस्तकले अखबारी लेखनबाट विचार निर्माण गर्न सक्ने कुरामा जोड दिनुभयो । पुस्तकभित्र लोकतन्त्र, मिडिया, राजनीतिक सामाजिक सिद्धान्तका कुरा  र २०७२ सालको संविधानका कुरा मुख्य पाटोमा रहेको उहाँको भनाइ छ । लेखकले १७–१८ वर्षको उमेरदेखि नै निरन्तर रूपमा पत्रकारिता गर्दै आउनुभएको बताउनुभयो । मिडियाको नीति निर्माणकर्ता, मूल्याङ्कनकर्ता र अभिलेखन गर्नेका लागि पुस्तक अत्यन्तै महत्वपूर्ण भएको उहाँको भनाइ थियो ।

पत्रकार बबिता बस्नेतले पुस्तकभित्रका लेखहरू सङ्ग्रह मात्रै नभएर समयको दस्ताबेज पनि भएको बताउनुभयो । उहाँले पुस्तकमा लेखकले युवाको भावना र लोकतन्त्रको सबलीकरणबारे दूरदृष्टि प्रस्तुत गरेको उल्लेख गर्नुभयो । लेखक पोखरेलले समकालीन राजनीति, समाज, लोकतन्त्र, विचार र पत्रकारिताका विषयमा आफूले देखेका समय र सन्दर्भलाई सङ्कलन गरेर पुस्तकका रूपमा ल्याएको बताउनुभयो । पुस्तकलाई गोरक्ष राष्ट्रिय दैनिकले प्रकाशनमा ल्याएको हो ।

  himalayanvoice.com | ३ चैत्र २०८२, मंगलवार २२:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online